बुद्धनगरमा पनि एक जनाले गरे आत्मदाहको प्रयास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार ११:४४

काठमाडौं । शनिबार बिहान काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।

बिहान ६ बजेर २० मिनेट जाँदा आफ्नै कोठामा ४५ वर्षका अस्विन राउतले आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराई अनुसार उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर अस्पताल पठाएको थियो ।

उनले आत्मदाहको प्रयास गरेको पाइएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ ।

यसअघि, काठमाडौंकै त्रिपुरेश्वरमा बिहीबार गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारकै क्रममा उनको निधन भएको छ ।

शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका अर्का एक पुरुषको कीर्तिपुरमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.