विराटनगरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमनः गोल्डेनमा चरम श्रम शोषण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १४:४७
विराटनगरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमनः गोल्डेनमा चरम श्रम शोषण

विराटनगर । विराटनगर महानगरपालिका –११ मा रहेको गोल्डेन अस्पतालले कर्मचारीमाथि चरम श्रम शोषण गरिरहेको फेला परेको छ । श्रम तथा रोजगार कार्यालय मोरङले गरेको आकस्मिक अनुगमनका क्रममा अस्पतालले प्रचलित श्रम ऐनको धज्जी उडाउँदै कर्मचारीलाई न्यूनतम सुविधा समेत नदिएको पाइएको हो ।

श्रम कार्यालयका प्रमुख निरजकुमार देवको नेतृत्वमा गएको टोलीले अस्पतालको आन्तरिक अवस्था निरीक्षण गर्दा चिकित्सकसहित २ सय ३७ जना कर्मचारीको भविष्यमाथि खेलबाड भइरहेको भेटिएको हाे ।

१२ घण्टा काम, २० हजार तलब

अनुगमनका क्रममा गोल्डेन अस्पतालमा कार्यरत कर्मचारीहरूले बाध्य भएर महिनाको ३० दिन नै काम गर्नुपर्ने र दैनिक कार्यअवधि १२ घण्टासम्म हुने गरेको खुलेको छ । यति धेरै श्रम गराउँदा पनि अस्पतालले कर्मचारीलाई मासिक मात्र २० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको अनुगमन टोलीले जनाएको छ ।

२३७ जना कर्मचारी कार्यरत रहे पनि एक जनालाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेकाे भेटिएकाे छ । अस्पताल स्वयं पनि हालसम्म कोषमा सूचीकृत नभएको पाइएको छ ।

कर्मचारीहरूलाई साप्ताहिक बिदा समेत नदिएकाे र कर्मचारीहरूले पाउनुपर्ने वार्षिक ग्रेड, सञ्चय कोष र श्रम ऐनले तोकेका अन्य कुनै पनि सुविधा नदिएकाे कार्यालयले जनाएकाे छ ।

श्रम कार्यालयले अस्पतालको यस्तो लापरबाहीप्रति आपत्ति जनाउँदै सुधारका लागि दुई दिनको समय दिएको छ । कार्यालय प्रमुख देवले अस्पताललाई दुई दिनभित्र अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन र सबै कर्मचारीलाई ऐनअनुसारको सेवा–सुविधा सुनिश्चित गर्न निर्देशन दिएका छन् । निर्देशन कार्यान्वयन नगरे कानुन बमोजिम अस्पताल प्रशासनमाथि कारबाही प्रक्रिया अगाडि बढाइने श्रम कार्यालयकाे तयारी छ  । अस्पतालले कर्मचारीहरू वार्षिक ग्रेड, सञ्चय कोष र अन्य सेवासुविधाबाट समेत वञ्चित गरेकाे पाइएकाे थियाे । समितिले कर्मचारीलाई बैंकमार्फत पारिश्रमिक भुक्तानी गर्न र श्रम ऐनअनुसारका सबै सुविधा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

न्यूराे र आरके मा पनि अनुगमन

श्रम कार्यालयले गोल्डेनपछि विराटनगरका अन्य दुई अस्पतालको पनि अनुगमन गरेको थियो । जसमध्ये विराटनगर–१० मा रहेको न्यूरो अस्पतालमा ५ सय ९६ जना कर्मचारी सबै सामाजिक सुरक्षा कोषमा आबद्ध रहेको र श्रम ऐनको पालना सन्तोषजनक पाइएको छ । अस्पतालमा सबै कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध रहेका, रोजगार सम्झौता गरिएको र चाडपर्व खर्च तथा बिदाको व्यवस्था समेत नियमानुसार रहेको पाइएको देवले उल्लेख गरे ।

अनुगमन टाेलीले विराटनगर–८ स्थित आरके चिल्ड्रेन हस्पिटलमा ३५ मध्ये २८ जना कोषमा आबद्ध रहेको र केही प्रक्रियागत सुधार गर्न निर्देशन दिइएको छ  ।

विराटनगर–८ स्थित आरके चिल्ड्रेन हस्पिटलमा ३५ जना कर्मचारीमध्ये २८ जना सामाजिक सुरक्षा कोषमा आबद्ध रहेकाे पाइएकाे छ । २० जनासँग रोजगार सम्झौता गरिएको र बैंकमार्फत तलब भुक्तानी भइरहेको देखिए पनि बोनस वितरण र केही कर्मचारीको नियुक्ति प्रक्रियामा सुधार गर्नुपर्ने देखिएको थियाे । टोलीले सबै कर्मचारीलाई नियुक्ति पत्र दिन र सामाजिक सुरक्षामा शतप्रतिशत आबद्ध गराउन निर्देशन दिएको छ ।

‘श्रम ऐन २०७४ र नियमावली २०७५ बमोजिम श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ,’ देवले भने, ‘निर्देशन पालना नगर्ने र श्रम शोषण गर्ने संस्थाहरूलाई कानुन बमोजिम कडा कारबाही गरिनेछ । सबै निजी अस्पताल तथा संस्थाहरुमा अनुगमन गरिने छ ।’ श्रम कार्यालयले निजी क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित संरक्षणका लागि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति विस्तार 
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति विस्तार 
गणेश नेपालीकाे न्याय माग्दै प्रदर्शन
कोशी अस्पतालको जग्गामा ‘डोजर’काे त्रास : धमाधम खाली गरिँदै भाडाका सटर (भिडियाे)
विराटनगरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमनः गोल्डेनमा चरम श्रम शोषण
विराटनगरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमनः गोल्डेनमा चरम श्रम शोषण
वडा सदस्यले शिक्षा अधिकृतमाथि खन्याए माेबिल
आजबाट सञ्चालनमा आयो विराटनगरकाे भाटभटेनी सुपरमार्केट
शिक्षा नियमावलीको १० औँ संशोधन: सुधारको नाममा सामुदायिक शिक्षामाथि अर्को प्रहार ?
शिक्षा नियमावलीको १० औँ संशोधन: सुधारको नाममा सामुदायिक शिक्षामाथि अर्को प्रहार ?
सञ्चार सहकारीकाे स्थापना दिवसमा चार जना पुरस्कृत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.