
काठमाडौं । कीर्तिपुरको सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीको अवस्था बुझ्न जाँदा पक्राउ परेका तीन जना जेनजी अभियन्ताहरूमध्ये दुई जना छुटेका छन् ।
प्रहरीको कुटपिटबाट घाइते भएका अभियन्ता माजिद अन्सारीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको छ ।
गएरातिको वर्षासँगै बागमतीमा आएको बाढी राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टरमा पसेपछि त्यहाँका सुकुम्बासी विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् । उनीहरूको अवस्था बुझ्न अभियन्ताहरू अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्का पुगेका थिए । उनीहरूलाई प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिएको थियो।

























