पशु हाटकाे खाल्डाेमा डुबेर एकै परिवारका तीन जनाकाे मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १८:३०
सांकेतिक फाेटाे

सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ मा खाल्डाेमा डुबेर एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ । गाेलबजारकाे पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेखकाे मृत्यु भएकाे हाे ।

रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए । घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतबार करिब दिउँसो २:३० बजे घरबाट खेल्न निस्किएका थिए । खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको बताइएको छ खाल्डो गाई, गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खान बनाइएको थियाे ।

खाल्डाेमा डुबेलका बालबालिकालाई स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया
नेकपा तेह्रथुमको एकता बैठकबाट २१५ सदस्यीय कमिटी घोषणा
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
बूढानीलकण्ठमा सभापति र प्रधानमन्त्रीबीच ४ घण्टा वान टु वान छलफल
आफैंलाई आगो लगाएका गणेश नेपालको मृत्यु
सरकार र गणेश नेपालीकाे परिवारबीच ९ बुँदे सहमति
पशु हाटकाे खाल्डाेमा डुबेर एकै परिवारका तीन जनाकाे मृत्यु
पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विमानस्थलमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले घर पुर्याएर छाड्याे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.