यस्तो छ विदेशी मुद्राको विनिमयदर

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार ०६:११
विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा तथा युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा एवं बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ र ७६ पैसा बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन ह्न सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी, ७ हजार प्रतिनिधि जुट्दै
अब नयाँ विमानस्थल निर्माण गर्न पूरा गर्नुपर्छ यी ५ मापदण्ड
विराटनगरको रंगमञ्चमा अतीत र साया
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
करुणाको संस्कार: असल मानवदेखि उत्कृष्ट राष्ट्र निर्माणसम्म  
करुणाको संस्कार: असल मानवदेखि उत्कृष्ट राष्ट्र निर्माणसम्म  
९० वर्षीय पूर्वप्रहरीलाई सम्मान गर्न घरमै पुगे कोशी प्रहरी प्रमुख
प्रधानमन्त्रीले भने, ‘गरिबलाई ७५ हजारसम्म अनुदान, मध्यम आयकालाई किस्तामा घर’
पश्चिम नेपालबाट बाहिरिन थाल्यो मनसुन
जी–७ ले रणनीतिक भण्डारबाट १० करोड ब्यारेल तेल बजारमा ल्याउने
कांग्रेस विभाजन भएको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो : शर्मा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×