
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलहीस्थित कोशी पम्प नहरको बाँध भत्किएपछि आसपासको बस्ती डुबानमा परेको छ । नहरको पानी खेतमा पस्दा करिब दुई बिघाभन्दा बढी खेतीयोग्य जमिन जलमग्न भएको स्थानीयले बताएका छन् ।
डुबानका कारण धानबालीसहित अन्य बालीनालीमा क्षति पुगेको छ । किसानहरूले यसबाट ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको जनाएका छन् ।
स्थानीय सचिदानन्द यादवले प्रभावित परिवारलाई राहत तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनले थप क्षति हुन नदिन भत्किएको बाँधको तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

























