कान्तिपुरकाे गेटमा राखिएकाे गाडी रास्वपा नेताकाे, अन्य गाडी धनीकाे पनि पहिचान खुल्याे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १७:१२

काठमाडाैं । शंकास्पद रूपमा सञ्चारमाध्यमका कार्यालयकाे गेटमा राखिएका गाडीमध्ये दुईवटा गाडी व्यक्तिको र एउटा गाडी बैंकको नाममा रहेको खुलेको छ ।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि कार्यालय प्रवेशद्वारमा गाडी पार्किङ गरेर छाडिएकाे थियाे । यातायात व्यवस्था विभागको तथ्याकअनुसार, कान्तिपुर पब्लिकेसनको कार्यालयअगाडि रहेको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा छ । याे गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको थिए ।

रास्वपाले गत जेठ ८ गतेमात्रै उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो । जयसवाल रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवार (जयसवाल) का छोरा हुन् ।

अनलाइनखबरको कार्यालय अगाडि रहेको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको पाइएको छ । हिमालयन टेलिभिजनको कार्यालयअगाडि राखिएको बा १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा रहेको पाइएको छ ।

तीनैवटा गाडी राख्ने मान्छेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । तीनवटै गाडी प्रहरीले क्रेनको सहायताले बग्गीखाना लिएर गएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.