सप्तकोशीमा बहाव बढ्यो, २० ढोका खोलियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार ०७:४८

इनरुवा । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ । बढ्दो बहावलाई ध्यानमा राख्दै कोशी ब्यारेजका २० वटा ढोका खोलिएको छ ।

सुनसरी प्रहरीका अनुसार कोशी ब्यारेजमा सोमबार पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । पानीको मात्रा बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५६ ढोकामध्ये २० वटा ढोका खोलिएको हो ।

पानीको बहाव अझै बढ्ने क्रममा रहेकाले कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । साथै, कन्ट्रोल रुमले रातो झण्डा पनि फहराएको छ । सम्बन्धित निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.