काठमाडौं उपत्यकाका नाकाहरू खुले, चल्न थाले सवारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १०:०९

काठमाडौं । अविरल वर्षा र खराब मौसमका कारण रोकिएका सवारी साधनहरू काठमाडाैंबाट बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाहरू पुनः सुचारु भएसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लाग्न थालेका हुन् ।

हिजोदेखि नै जोखिमलाई मध्यनजर गर्दै नागढुंगा, साँगा, माछापोखरी लगायतका नाकाहरूमा सवारी आवागमन राेकिएकाे थियाे । आज बिहानैदेखि ती नाकाहरूबाट सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको हाे । सवारी साधनको चाप उच्च रहेकाले ट्राफिक प्रहरीले नागढुंगा र साँगा लगायतका क्षेत्रमा विशेष व्यवस्थापन गरिरहेको छ ।

ट्राफिक प्रहरीका अनुसार, ललितपुरको भट्टेडाँडाबाहेक उपत्यका जोडिने अन्य सबै मुख्य सडकहरूमा सवारी आवागमन सुचारु भएको छ ।

ठाउँ–ठाउँमा खटिएका ट्राफिक प्रहरीले सवारी साधनको लामलाई व्यवस्थित गर्दै गन्तव्यतर्फ जान सहजीकरण गरिरहेका छन् ।

सडक खुला भएसँगै रोकिएका सयौं सवारी साधनहरू आ–आफ्नो गन्तव्यतर्फ अघि बढेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.