निजगढ पुगेका मिटरव्याज पीडितलाई गृहमन्त्रीले भेटे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १०:४१

जनकपुरधाम । जनकपुरदेखि ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौं हिडेका मिटरब्याज पीडितलाई गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् ।

पैदलयात्री निजगढ पुगेकाे समयमा गृहमन्त्री गुरुङ काठमाडाैंबाट भेट्न आएर भेटेका हुन् । गृहमन्त्री  आउँने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए ।

गृहमन्त्री गुरुङले मिटरब्याज पीडितसँग उनीहरुकाे माग र तत्काल समाधान गर्न सकिने समस्याका विषयमा संवाद गरेका छन् ।

राति बास बसेको उद्योग वाणिज्य संघ निजगढको सभा हलमा संवाद भइरहेको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.