
विराटनगर । बुधबारबाट बजारमा भरी सिलिन्डर ग्यास पाइने भएकाे छ । नेपाल आयल निगमले आपूर्ति व्यवस्थापनमा सहजता आएसँगै भरी सिलिन्डर ग्यास बजारमा पठाउने भएकाे हाे ।
अब उपभोक्ताले १४.२ केजीको पूरा सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
गत २०८२ साल फागुन २९ गतेदेखि ग्यासको आपूर्तिमा देखिएको असहजता र बजार सन्तुलनलाई मध्यनजर गर्दै आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था लागु भएकाे थियाे । सो समयमा उपभोक्तालाई ७.१ केजी क्षमताको आधा सिलिन्डर मात्र उपलब्ध गराइँदै आएको थियो ।
आपूर्ति व्यवस्था सामान्य अवस्थामा फर्किएपछि पुरानै व्यवस्था अनुसार पूरा सिलिन्डर बिक्री गरिने भएकाे हाे ।

























