झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार ०७:२६

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित भित्री पक्की सडक खण्डमा मंगलबार दुर्घटना भएको हो ।

प्रहरीका अनुसार राईसिङडाँडादेखि बडाखालतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प १८४१ नम्बरको मोटरसाइकलले मेचीनगर–४ का हरि बुर्जा मगरका छोरा ६ वर्षीय सम्भव बुर्जा मगरलाई ठक्कर दिएको थियो । सडक पार गर्दै गरेको अवस्थामा मंगलबार अपरान्ह ४ः३० बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहानका राति मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

मोटरसाइकल र चालक सप्तरीको राजविराज नगरपालिका–९ का २७ वर्षीय सुधीरकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.