इलामका इन्जिनियर झापामा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १६:३३

विराटनगर । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का बुधबार झापामा पक्राउ परेका छन् । ६ लाख रुपैयाँ घुस लिएको आरोपमा झापाको दमकबाट उनी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

खड्कालाई दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
सातै प्रदेशमा कांग्रेस–एमाले गठबन्धन भंग, प्रदेश सरकारहरु संकटमा
इलामका इन्जिनियर झापामा पक्राउ
विद्यार्थीको क्षमता विकासका लागि खेलकुद सामग्री वितरण 
विद्यार्थीको क्षमता विकासका लागि खेलकुद सामग्री वितरण 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.