सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १८:००

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगविरुद्ध दायर भएको अदालतको अवहेलना सम्बन्धी रिटमा अन्तरिम आदेश जारी गर्दै आयोगलाई अर्को आदेश नभएसम्म कसैको पनि सम्पत्ति छानबिन गर्न वा सम्पत्तिको विवरण माग गर्न रोक लगाएको छ ।

यसअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको फरक अर्थ लगाउँदै आयोगले न्यायाधीश र नेपाली सेनाका अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन जारी रहने भन्दै सार्वजनिक वक्तव्य जारी गरेको थियो । सोही वक्तव्य अदालतको आदेशको अवज्ञा भएको दाबी गर्दै अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा अवहेलनाको रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको आदेशअनुसार अब पूर्ण इजलासबाट अर्को आदेश वा अन्तिम निर्णय नआएसम्म उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले कुनै पनि व्यक्तिको सम्पत्ति छानबिन गर्न, विवरण माग गर्न वा त्यससम्बन्धी प्रक्रिया अघि बढाउन पाउने छैन ।

यस आदेशसँगै आयोगले अघि बढाइरहेको सम्पत्ति छानबिनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । अब यस विषयमा सर्वोच्चको पूर्ण इजलासको निर्णयले आयोगको अधिकार र आगामी प्रक्रियाका बारेमा अन्तिम टुंगो लगाउनेछ ।

तपाइको प्रतिक्रिया
भारतीय चार विश्वविद्यालयका ११४ जनाको समकक्षता त्रिविद्वारा खारेज
प्रतिनिधिसभा साउन १४ सम्म स्थगित
कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.