प्रतिनिधिसभा साउन १४ सम्म स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १९:४०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख डीपी अर्यालले आगामी बैठक साउन १४ गते बस्ने जानकारी गराउँदै तत्काललाई बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

बैठक स्थगित गर्दै सभामुख अर्यालले सांसदहरूलाई संसद् नचलेको अवधिमा आफ्ना निर्वाचन क्षेत्र र जनतामाझ पुग्न आग्रह गरे । उनले नागरिकका समस्या, गुनासा र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिएर आगामी बैठकमा सरकारको ध्यानाकर्षण गराउन सांसदहरूलाई सुझाव दिए ।

यसअघि प्रतिनिधिसभा बैठक सुरु हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठकमा प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बोलाउने सहमति भएको थियो । त्यसअनुसार सभामुखले प्रतिनिधिसभाको आगामी बैठक साउन १४ गते बस्ने सूचना सदनमा सुनाएका हुन् ।

तपाइको प्रतिक्रिया
भारतीय चार विश्वविद्यालयका ११४ जनाको समकक्षता त्रिविद्वारा खारेज
प्रतिनिधिसभा साउन १४ सम्म स्थगित
कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.