
बुटवल । नेपाली कांग्रेसका सांसद् अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित सांसद शाहविरुद्ध कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सिताराम शर्मालाई कुटपिट गरेकाे छ । साेही घटनामा शाहविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।
कुटपिटको घटनामा सांसद शाहविरुद्ध मुद्दा दर्ता भएर कानुनी प्रकृया अघि बढेको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
आक्रमणमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले आलटाल गरेको पीडित पक्षले गुनासो गरेका थिए । संघीय सांसद शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर कुटपिट गरेको पीडित शर्माको दाबी छ ।

























