
काठमाडौं । असार अन्तिमसम्म देशभर ६१.६२ प्रतिशत धान रोपाइँ भएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७.८ प्रतिशत रोपाइँ सकिएको छ । कोशी प्रदेशमा सबैभन्दा कम ५४.९ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार चालु वर्ष देशभर १३ लाख ६६ हजार ५६५ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ ।
तीमध्ये ८ लाख ४२ हजार ६८ हेक्टर क्षेत्रफलमा असार मसान्तसम्म धान रोपाइँ सम्पन्न भइसकेको छ।
गत वर्ष भने साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष देशैभर मनसुन फैलन ढिला हुँदा धान राेपाइँ कम भएकाे हाे ।



















