सुनिल पौडेललाई आठ वर्ष कैदकाे सजाय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १५:३६

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो ।

विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोेकेको छ ।  नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो ।

रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरुसँग विगो कायम गरेको छैन । तर घुस लिएको भनिएको रकम तीन करोड ८ लाख रुपैंयालाई दामासाहीमा बाँडेर एक करोड ५४ लाख रुपैंयाका दरले जरिवानाको फैसला गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.