विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्यकाे नाम सिफारिस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १८:३६

काठमाडौं । विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्यलाई तोक्न न्यायापरिषद्ले सरकारलाई सुझाव दिएको छ । आचार्य उच्च अदालत तुलसीपुरमा कार्यरत छन् ।

परिषद्को बिहीबार बसेकाे बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीहरूको सरूवा गर्दै विशेष अदालतकाे अध्यक्ष फेर्न सिफारिस गरेको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट छन् ।

परिषद्ले राजस्व न्यायाधीकरणका कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्दलाई काठमाडौं, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई राजस्व न्यायाधीकरण पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्रबहादुर बमलाई राजस्व न्यायाधीकरण विराटनगरमा तोक्नका लागि सिफारिस गरेकाे छ ।

श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न पनि परिषद्ले सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.