भोलिदेखि निजी विद्यालयको शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १९:२८

काठमाडौं । सरकारले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्कमा ३ प्रतिशत थप ‘समता शुल्क’ भोलि (शुक्रबार) देखि कार्यान्वयनमा ल्याउँदै छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याइएको यो व्यवस्थाले देशभरका करिब ९ हजार निजी विद्यालयमा पढ्ने २६ लाखभन्दा बढी विद्यार्थीका अभिभावकलाई थप आर्थिक भार पर्नेछ ।

बजेटमा समता शुल्क राखिएपछि सरकारकाे चर्काे आलाेचना भएकाे थियाे । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसलाई ‘प्रगतिशील कर’ भएकाे बताउँदै आएका छन् । समता शुल्कबाट संकलित रकम दुर्गमका दलित बालबालिकाको शिक्षा र पोषणमा खर्च गरिने उनले बताएका छन् ।

शिक्षालाई निःशुल्क गर्ने संवैधानिक हकविपरीत सरकारले थप कर थोपरेको भन्दै अभिभावक र सरोकारवालाहरूले विरोध गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.