बेलबारीको ड्रेनमाथि वृद्धको शव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार ०८:५९

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ मगर टोलका एक जना वृद्धको शव ड्रेनमाथि फेला परेको छ ।

बेलबारी–११ का ७४ वर्षीय देशबहादुर मगर शुक्रबार अपरान्ह ४ः२० बजेतिर मृत फेला परेका हुन् । प्रहरीका अनुसार पानी बग्ने सिमेन्टको ड्रेनमाथि वृद्धको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

वृद्धको मृत्युको कारण खुल्न बाँकी छ । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×