मनसुनले सडक सञ्जाल अस्तव्यस्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार ०७:५९

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन् । मनसुन सक्रिय बनेसँगै सडक सञ्जाल अस्तव्यस्त बनेको हो ।

बीपी राजमार्ग र कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएका छन् भने अरनिको राजमार्गमा आंशिक अवरोध छ । यता शनिबार रातिदेखि रोकिएको काठमाडौं–मुग्लिन तथा नारायणगढ–मुग्लिन सडकखण्ड भने आइतबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खसेपछि चापागाउँ हुँदै हेटौंडातर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्नुका साथै रोशी खोलामा पानीको बहाव बढेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । जोखिम उच्च रहेकाले काभ्रे हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई प्रहरीले सुरक्षित स्थानमा रोकेको छ ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो खसेको छ भने भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा सडक भासिँदा सवारी आवागमन प्रभावित भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा गएराति खसेको पहिरो भने हटाइसकिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त सडकखण्डमा अहिले दुईतर्फी सवारी सञ्चालन भइरहेको छ ।

प्रहरीका अनुसार समाचार तयार पार्दासम्म नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा कुनै अवरोध छैन । यसअघि वर्षा, बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि काठमाडौं–मुग्लिन र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो । रातभर सडकमा कुनै नयाँ अवरोध नदेखिएपछि आइतबार बिहान ६ बजेदेखि दुवै सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैबीच, सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सडकको वास्तविक अवस्था मूल्यांकन गरेर मात्रै प्रभावित जिल्लामा सवारी सञ्चालन गर्न दिने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको बताए । उनका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ । जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन खुला गरिनेछ ।

प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सडकको आधिकारिक जानकारी लिएर मात्रै यात्रा गर्न, जोखिमयुक्त सडकखण्डमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
कोलकाता–विराटनगर कार्गो रेल सुरु : ढुवानी लागत ४० प्रतिशत घट्ने, निजी क्षेत्र उत्साहित
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
मदन पुरस्कारको सर्टलिस्टमा सीमा आभासको ‘महायुग’
सरकारी सेवा थप सहज बनाउन एकद्वार प्रणाली लागू गरिने
उद्धार र राहतलाई प्रभावकारी बनाऔँ
सेयर बजारमा उत्साह, नेप्से एक महिनायताकै उच्च विन्दुमा
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल विराटनगर आइपुग्याे
हराएका १४ महिला सकुशल परिवारको सम्पर्कमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×