काेशीमा बढ्याे पानीकाे बहाव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार १८:३७

विराटनगर । निरन्तरको वर्षासँगै कोशी नदीमा पानीको बहाव बढेकाे छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक बहाव मापन गरिएकोमा काेशीमा दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ । त्यसअघि दिउँसो ३ बजे पानीको बहाव १ लाख ९० हजार ३९० क्यूसेक मापन गरिएको थियो ।

Advertisement

पानीको बहाव खतराको तहनजिक पुगेपछि कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×