वन कार्यालयको गाडीसँग सिटी सफारी ठोक्किएर दुर्घटना, महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार १३:४२

झापा । झापाको मेचीनगर नगरपालिका–१५ कालिकामा वन कार्यालयको गाडीसँग सिटी सफारी ठोक्किएर दुर्घटना हुँदा सोमबार एक जना महिलाको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बर सफारी विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपिओ गाडीसँग ठोक्किएर बिहान १०ः४५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर सफारीमा सवार मेचीनगर–१५ की ४० वर्षीया आरती उराउको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् । दुर्घटनापछि स्कोरपिओ गाडी फरार भएको थियो । तर, पछि प्रहरीले गाडी र चालक भद्रपुर नगरपालिका–१० का ५४ वर्षीय लीला श्रेष्ठलाई मेचीनगर–४ बाहुनडाँगीबाट नियन्त्रणमा लिएको छ ।

त्यस्तै, प्रहरीले सफारी र चालक भद्रपुर–६ का ४५ वर्षीय गम्भीरप्रसाद बाँतरलाई पनि नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×