
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट कारभित्रै जलेका व्यक्तिको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मृतककाे पहिचान खुलेकाे हाे । उनका अनुसार जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ हुन् । उनी कारधनी समेत रहेको प्रहरीले बताएको छ ।
मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको मृत्यु भएको थियो ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाकाे छानविन भइरहेकाे प्रहरीले जनाएकाे छ ।



















