स्वदेश फर्कँने तयारीमा रहेका देउवाले भने: प्रतिशोध होइन सहकार्य गरौँ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार १८:४०

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले देशलाई अहिले प्रतिशोध नभई सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन् । उपचारका लागि विदेशमा रहेका देउवाले स्वदेश फर्कनुअघि एक सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

देउवाले आफ्नो सन्देशमा निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement

‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ, अविश्वास होइन, विश्वास चाहिएको छ,’ उनले भनेका छन् ।

सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका गर्दै उनले जनताको लोकतान्त्रिक चेतना र न्यायप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गरे ।

उपचारका लागि फागुन १३ गते सिंगापुर गएका देउवा हङकङ हुँदै नेपाल फर्कन लागेका हुन् ।

उनले नयाँ पुस्ताको सिर्जनशीलता र इतिहासको अनुभवबीचको एकता नै आजको आवश्यकता भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×