
बझाङ । बझाङ र आसपासका स्थानमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको असर आसपासका जिल्लामा पनि परेको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ः४० बजेतिर भूकम्प गएको हो ।
बझाङको कोतदेवाल आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पबाट पुगेको क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।



















