मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १७:४९

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले आत्मदाह गरी ज्यान गुमाएका गणेश नेपालीको घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक छानबिन समिति बनाउनेसहित न्यायपालिका, गुठी प्रशासन, हवाई सेवा, मिटरब्याज पीडित र शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सात महत्त्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ ।

Advertisement

त्यस्तै, श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

पर्यटन तथा हवाई सेवा प्रवर्धनका लागि सरकारले २०८५ साल भदौ मसान्तसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय नियमित उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मिटरब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न गठित समिति र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका प्रतिनिधिबीच २०८३ साउन १ गते भएको सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।

साथै, उक्त सम्झौताअनुसार मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू बुधबारकै मितिबाट अवैध घोषणा गर्ने निर्णय पनि गरिएको छ । यस्तै, आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

तपाइको प्रतिक्रिया
हुलाकी सडकको खाल्डाखुल्डीमा छटपटाउँदै बित्याे सतलालको जीवन
नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा
मोरङको उर्लाबारीमा दुई वर्षअघि छोरी बलात्कृत, बल्ल पक्राउ परे बाबु
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×