अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर घाइते, समयमा उपचार नपाउँदा मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १५:०१

सिन्धुली । अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ४३ वर्षीय विष्णु भनिने लोकेन्द्र सार्कीको मृत्यु भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएका उनको समयमा उपचार नपाउँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

सार्कीको घरबाट १ किलोमिटर उत्तरमा पर्ने जंगलमा सल्लाको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा घटना भएको हो । प्रहरीका अनुसार गोलो पोलेर रुखबाट ओर्लने क्रममा लडेर बुधबार राति ८ः३० बजेतिर उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

गम्भीर अवस्थाका उनलाई आफन्तले घरमै ल्याएर राखेका थिए । उपचारका लागि अस्पताल लगेनन् । समयमा उपचार नपाइकन बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको इन्स्पेक्टर विष्णुप्रसाद पौडेल नेतृत्वको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
ताप्लेजुङमा मतदाताको संख्या ९६ हजार नाघ्यो 
ताप्लेजुङमा मतदाताको संख्या ९६ हजार नाघ्यो 
जलनको उपचार अब विराटनगरमै, नोबेलमा कोशीकै पहिलो बर्न युनिट सञ्चालन
इलाममा बोलेरो दुर्घटना, चालकसहित ७ जना घाइते
मोरङमा सशस्त्रद्वारा १४ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद
विराटनगरका स्वास्थ्य संस्थामा मौसमी बिरामीको भिड, भाइरल ज्वरो र पखालाका अत्यधिक
अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर घाइते, समयमा उपचार नपाउँदा मृत्यु
कानेपोखरी ‘हिट एण्ड रन’ प्रकरण : फुटेका टुक्राको सहाराले चार दिनपछि पक्राउ परे सरकारी चालक
विराटनगरको काली मन्दिरको अतिक्रमित घरजग्गा फिर्ता, धर्मशाला बनाइने
झापाको अर्जुनधारामा १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीको २४ औँ सत्याग्रह आजदेखि 
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीको २४ औँ सत्याग्रह आजदेखि 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×