
काठमाडौं । आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा विदेशबाट २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागकाे तथ्याङ्क अनुसार याे आयात अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले धेरै हो ।
साेही अवधिमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । निर्यात पनि अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८१ प्रतिशतले बढी हाे ।
गत आर्थिक वर्षमा आयात निर्यात दुवै वृद्धि हुँदा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार साेही अवधिमा नेपालबाट १ खर्ब २८ अर्ब ७४ करोड ४० लाख २७ हजार रुपैयाँको सोयाबिन तेल र सोको कच्चा पदार्थ र १२ अर्ब ६४ करोड ७८ लाख ८१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ।



















