मोरङमा सशस्त्रद्वारा १४ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १६:०६

विराटनगर । अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएको १४ लाख बढीको अवैध सामान सशस्त्र प्रहरीले मोरङबाट बरामद गरेको छ । सशस्त्रका अनुसार १४ लाख १२ हजार ३ सय रुपैयाँ बराबरका लत्ताकपडा र हरियो तरकारी बरामद गरिएको हो ।

भारतदेखि तस्करी गरेर नेपाल भित्राइएका लत्ताकपडा र तरकारी अलग–अलग नाकाबाट बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट तीनवटा मोटरसाइकलमा लोड गरेर ल्याइँदै गरेको १२ लाख २७ हजार ३ सय रुपैयाँ बराबरको लत्ताकपडा बिहीबार नियन्त्रणमा लिएको हो ।

यस्तै, बीओपी दरैयाबाट खटिएको मोबाइल गस्ती टोलीले एउटा सीटी सफारीमा अवैध रूपमा ल्याइँदै गरिएको एक लाख ८५ हजार रुपैयाँ बराबरको हरियो तरकारी बरामद गरेको जानकारी भण्डारीले दिए । बरामद गरिएका तीनवटा मोटरसाइकल, सिटी सफारी तथा कपडा र तरकारी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाइएको उनले बताए ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×