प्रधान न्यायाधीश शर्मा भारतमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १९:२५
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

काठमाडौं । प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणामा बिहीबार  भारत  प्रस्थान गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले भारतका प्रधान न्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

Advertisement

उनी  साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रधान न्यायाधीश शर्माकी पत्नी उमा शर्मा र सह–रजिष्ट्रार अमित उप्रेती सहभागी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×