सीमामा शरणार्थी चुनौती

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १८:२५

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भारत हुँदै रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रवेश गर्ने क्रम बढ्दै गएको बताएका छन् । उनले खुला सीमा, कानुनी क्षेत्राधिकारको अभाव र अन्तरदेशीय अपराध सीमा सुरक्षाका प्रमुख चुनौती बनेको बताएका हुन् ।

साथै, पछिल्ला समय सीमा क्षेत्रबाट भित्रिने शरणार्थीको चुनौती पनि बढ्दै गएको उनले बताए । शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आईजीपी कार्कीले पछिल्लो समय भारतबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली नागरिकको संख्या बढेको जानकारी दिए ।

Advertisement

उनका अनुसार नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने प्रयास गर्ने यस्ता व्यक्तिमध्ये केही लागुऔषध कारोबारलगायत सुरक्षा संवेदनशील गतिविधिमा संलग्न रहेको पाइएको छ । उनीहरूलाई पहिचान गरी नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको उनले बताए ।

कार्कीले सीमापार हुने अपराध नियन्त्रणमा कानुनी जटिलताले पनि समस्या सिर्जना गरेको उल्लेख गरे । उनका अनुसार नेपालको कानुनले बाह्य क्षेत्राधिकार नदिएका कारण चोरीजस्ता सीमापारका अपराधमा अनुसन्धान र कारबाही गर्न कठिनाइ हुने गरेको छ ।

दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका केही नेपाली भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिँदै उनले उनीहरूलाई रिहा गराउन ‘पुलिस–टु–पुलिस’ समन्वय र कूटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको बताए । कानुनी प्रक्रिया पूरा भएपछि उनीहरू छिट्टै रिहा हुने विश्वास पनि उनले व्यक्त गरे ।

आईजीपी कार्कीले खुला सीमाका कारण अवैध हातहतियार ओसारपसार, लागुऔषध तस्करी, अन्तरदेशीय संगठित अपराध, मानव बेचबिखन, साइबर ठगी, अनलाइन स्क्यामिङ, बैंकिङ फ्रड, अवैध वैदेशिक रोजगारी र अनलाइन सट्टेबाजीजस्ता अपराध बढ्दो चुनौतीका रूपमा रहेको बताए । विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन देखाएर हुने ठगी तथा ओटीपीमार्फत गरिने बैंकिङ फ्रडका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाइरहेको उनले उल्लेख गरे ।

विभिन्न अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले नियमित गस्ती, निगरानी, संयुक्त सुरक्षा अभियान सञ्चालन गर्नुका साथै ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुरको प्रयोग गरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै आएको जानकारी आईजीपी कार्कीले दिए ।

तपाइको प्रतिक्रिया
विद्यार्थीमाथि प्रहरीको बल प्रयोग, सर्वोच्च अदालतमा सुनुवाइको तयारी
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
स्क्यामिङ जालोबाट ८६० नेपाली स्वदेश फर्काइए, कम्बोडियाको जेलमा अझै ४९ नागरिक
राजदूत नियुक्तिमा ढिलाइ, पुरानैलाई थप जिम्मेवारी
पहिरोले जिप पुरिँदा १३ जनाको मृत्यु
भारत पुगे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र मन्त्रालयले भन्यो, ‘औपचारिक जानकारी छैन’
सीमामा शरणार्थी चुनौती
सीमामा अब सादा टोली
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा, सभामुखले सम्हाल्नेछन् कार्यभार
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×