सुनचाँदीको मूल्य सामान्य बढ्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार ११:०१

विराटनगर । साताको पहिलो दिन नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य सामान्य  बढेको छ । बजारमा आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार बजारमा सुन मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँले कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बजारमा शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×