पहिरोमा बेपत्ता २ जना महिला मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १३:२५
सांकेतिक तस्बिर

काठमाडौं। रोल्पाको सुनछहरी गाउँपालिका-१ सेरमस्थित दवाङ लेकमा शनिबार दिउँसो पहिरो जाँदा २ जना महिलाको मृत्यु भएको छ।

गाईबाख्रा चराउन गएका बेला माथिबाट एक्कासि पहिरो खसेर बेपत्ता भएका उनीहरू खोजीका क्रममा मृत अवस्थामा भेटिएका हुन्। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले बताए।

Advertisement

उक्त पहिरोमा परेर ६२ वर्षीय कुले घर्ती गम्भीर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि स्थानीय सेरम स्वास्थ्य चौकी पुर्‍याइएको र अहिले उपचार भइरहेको अध्यक्ष पुनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासि पहिरो खसेर दुर्घटना भएको हो।

तपाइको प्रतिक्रिया
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
कांग्रेस र कम्युनिस्टका कारण देशमा भाँडभैलो मच्चियो: यादव
कांग्रेस सभापति थापाको भारत भ्रमण रद्द
लेकाली जंगलमा भेटियो हिमाली कालो भालु
इलाममा बजेट नआउँदा कडा रोगका बिरामीलाई दिइने उपचार खर्च रोकियो
प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न त्रिविले बनायो समिति
चीनमा शक्तिशाली टाइफुन, लाखौँ मानिस विस्थापित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×