१२ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन १०, आइतबार १३:३४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका हुन्, जुन कुल आगमनको करिब २५.७६ प्रतिशत हो ।

भारतपछि १ लाख ११ हजार ३२५ पर्यटकसहित अमेरिका दोस्रो र १ लाख ९ हजार ८९२ पर्यटकसहित चीन तेस्रो प्रमुख स्रोत बजार बनेका छन् ।

बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५ र श्रीलंकाबाट ४३ हजार २११ पर्यटक नेपाल आए। भूटान, म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसियाबाट पनि उल्लेख्य संख्यामा पर्यटक भित्रिएको तथ्यांक छ ।

गत आर्थिक वर्षभरिमा सबैभन्दा बढी कात्तिक महिनामा १ लाख २४ हजार ८२९ पर्यटक नेपाल आएका थिए । त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको थियो ।

पर्यटन बोर्डले छिमेकी मुलुक भारत र चीनमा प्रवर्द्धनात्मक कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ । बोर्डले भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई र नयाँ दिल्लीजस्ता सहरमा १२ भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको थियो। समग्रमा अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटन क्षेत्रमा सकारात्मक सुधार आएको बताए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.