मोरङमा शिक्षकको कुटपिटबाट विद्यार्थीको कानको जाली फुट्यो

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १८:३८
सांकेतिक तस्बिर । एआई

विराटनगर । मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयमा शिक्षकको कुटपिटबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । घटनापछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार अनुसार साउन ६ गते बिहान करिब १०ः१५ बजे पथरीशनिश्चरे नगरपालिका–५ स्थित अमरसिंह माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सन्देश चौधरीमाथि शिक्षक प्रकाश अधिकारीले कुटपिट गरेका हुन् । झापाको गौरादह नगरपालिका–४ घर भएका ३८ वर्षीय शिक्षक अधिकारीले बिहानको प्रार्थना सकिएपछि सन्देश विद्यालयको चौतारोमा बसेको देखेका थिए ।

Advertisement

कक्षाकोठामा नगएको विषयमा सोधपुछ गर्ने क्रममा शिक्षक अधिकारीले कुटपिट गर्दा सन्देशको बाँया कानको जाली फुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । विद्यार्थीको अवस्था थप जटिल बन्दै गएपछि अभिभावकले उपचारका लागि शनिबार विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए ।

उपचारका क्रममा कानको जाली फुटेको पत्ता लागेपछि अभिभावकले प्रहरीलाई घटनाको जानकारी दिएका हुन् । शिक्षकको कुटाइबाट घाइते भएका सन्देशको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको तीन दिनपछि साउन ९ गते साँझ करिब ५ः३० बजे घाइतेका बुवा महिनारायण चौधरीले इलाका प्रहरी कार्यालय पथरीमा जानकारी गराएका थिए । त्यसलगत्तै अस्थायी प्रहरी पोस्ट हसन्दहबाट खटिएको टोलीले शिक्षक अधिकारीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पथरीमा पुर्याएको हो ।

शिक्षकद्वारा विद्यार्थीमाथि भएको कुटपिटको घटनाले विद्यालयमा विद्यार्थीको सुरक्षा, अनुशासन कायम गर्ने तरिका तथा शारीरिक दण्डको प्रयोगका बारेमा प्रश्न उठेको छ । नेपालको प्रचलित कानुनअनुसार विद्यालयमा विद्यार्थीमाथि शारीरिक वा मानसिक यातना दिन नपाइने व्यवस्था छ । प्रहरीले घटनाको वास्तविकता, कुटपिटको कारण र अन्य पक्षका बारेमा अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×