दिल्लीबाट आएका भारतीय नागरिकको झोलाबाट साढे ३ किलो थाई गाँजा बरामद

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १५:०८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ३ किलो लागुऔषध थाई गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको दिल्ली हुँदै नेपाल आएका २२ वर्षीय सलमानलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका सूचना अधिकारी एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा सलमानले आफ्नो झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर थाई गाँजा ल्याएको अवस्थामा प्रहरीले फेला पारेको हो । हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा गौचरणस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट ३ किलो ५०० ग्राम थाई गाँजा, एक थान राहदानी र एक थान मोबाइल फोन बरामद गरिएको एसपी रेग्मीले बताए । पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.