सुनसरीमा झडप : यी हुन् घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार ०५:३३

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारी गरी १६ जना घाइते भएका छन् ।

गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताका मृत्यु भएको रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

Advertisement

उनका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो ।

दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर ८ जना सर्वसाधारण घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ । २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव बढेपछि दुई गाउँपालिकामा निषेध आदेश
देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
यस्तो छ विदेशी मुद्राको विनिमयदर
कप्तानगन्ज हिंसापछि सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु : एकको मृत्यु, २२ जना घाइते
सुनसरीमा झडप : यी हुन् घाइते
कप्तानगन्जमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवकको पहिचान खुल्याे
कप्तानगन्ज घटना अपडेट : प्रहरीकाे गाेली लागेर घाइते हुनेकाे संख्या ९ पुग्याे
सुनसरीकाे कप्तानगन्ज तनावग्रस्त : प्रहरीको गाेली लागेर एक जनाकाे मृत्यु, दुई जना घाइते
स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ
मोरङमा मोहीको नाम लुकाएर जग्गा कारोबार, २४ घण्टामै १ करोड ३० लाख ऋण प्रवाह !
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×