सुनसरीमा तनाव बढेपछि दुई गाउँपालिकामा निषेध आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार ०७:५८

कप्तानगन्ज । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिकामा पाँच जनाभन्दा बढी मानिस भेला हुन रोक लगाउँदै निषेध आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म लागू हुने गरी निषेध आदेश जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार आदेशको अवधिभर दुवै गाउँपालिकामा पाँच जनाभन्दा बढी मानिस एकै स्थानमा भेला हुन पाउने छैनन् ।

Advertisement

यस्तै, जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै हरिनगरा बजार, घुटाहा बजार, कप्तानगञ्ज, घुस्की तथा देवानगञ्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगन्ज–३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनाका क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले तीन राउन्ड र सशस्त्र प्रहरीले सात राउन्ड गोली चलाएको थियो ।

मेहता सुरक्षाकर्मीको गोली लागेर घाइते भएका थिए । उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । गोली लागेर ९ जना घाइते भएको प्रारम्भिक विवरण छ । झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार कप्तानगञ्जस्थित मन्दिरमा ठूलो आवाजमा डिजे बजाइएको विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो । त्यसअघि सोही क्षेत्रमा बिजुलीको पोलमा एउटा समूहले राखेको झन्डा हटाएर अर्को समूहको झन्डा राखेको विषयले पनि तनाव बढाएको बताइएको छ ।

घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति तथा कानुन व्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । अफवाह फैलाउनेलाई कारबाहीको दायरामा ल्याउने तयारी प्रशासनको छ ।

तपाइको प्रतिक्रिया
पेट्रोल छर्केर आफैंलाई आगो लगाएका युवकको मृत्यु
सुनसरीमा तनाव बढेपछि दुई गाउँपालिकामा निषेध आदेश
देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
यस्तो छ विदेशी मुद्राको विनिमयदर
कप्तानगन्ज हिंसापछि सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु : एकको मृत्यु, २२ जना घाइते
सुनसरीमा झडप : यी हुन् घाइते
कप्तानगन्जमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका युवकको पहिचान खुल्याे
कप्तानगन्ज घटना अपडेट : प्रहरीकाे गाेली लागेर घाइते हुनेकाे संख्या ९ पुग्याे
सुनसरीकाे कप्तानगन्ज तनावग्रस्त : प्रहरीको गाेली लागेर एक जनाकाे मृत्यु, दुई जना घाइते
स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×