गोलीकाण्डको भर्त्सना, निष्पक्ष छानबिनको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १०:५०

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन् ।

झडपस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै क्षेत्र नम्बर २ का सांसद थापाले सामान्य विवादका क्रममा छातीलगायत शरीरका अङ्ग ताकेर सिधै गोली चलाइएको आरोप लगाए । उनले थप व्यक्ति हताहत भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिम्मेवार जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए ।

Advertisement

सांसद थापाले मृतकका परिवारलाई न्याय दिलाउन निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे। साथै, घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

डिजे बजाउने विषयमा भएको विवाद उग्र बन्दै झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्ड : सुरक्षा कमान्डरविहीन थियो सुनसरी
संयम बनौं, सामाजिक र धार्मिक सद्भाव कायम राखौं
सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन
कप्तानगञ्ज घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
साउन पहिलो सातासम्म ८३ प्रतिशत धान रोपाइँ
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ८८ हजार ५ सय पुग्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतले घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×