मोरङमा बालिकामाथि सामूहिक करणी, ५ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १३:४८

विराटनगर । मोरङ रंगेलीमा एक बालिकालाई क्याफेमा पुर्याएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले साउन १० गते उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा रंगेली-३ आमतोलाका १८ वर्षीय सिटी चालक मोहम्मद अरमान, सुनबर्षी-९ का २१ वर्षीय क्याफे सञ्चालक सुमन कुमार साह, रंगेली-७ का २० वर्षीय करण मण्डल, सोही ठाउँका १८ वर्षीय प्रियान्सु साह र रंगेली-६ का १८ वर्षीय रितिक यादव छन् ।

प्रहरीका अनुसार गत साउन ३ गते बिहान सुनबर्षीकी ती बालिकालाई मोहम्मद अरमानले ललाइफकाइ रंगेली-३ स्थित युमी क्याफे पुर्‍याएर जबरजस्ती करणी गरेका थिए । लगत्तै सोही क्याफेका सञ्चालक सुमन कुमार साहले पनि बालिकामाथि करणी गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै साउन ४ गते राति रंगेली-७ का करण मण्डलले बालिकालाई संसारी मन्दिर नजिकै रहेको ुद नाइन्टीजु क्याफेमा लगेका थिए । त्यहाँ मण्डलसँगै प्रियान्सु साह र रितिक यादवले मिलेर सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको छ ।

पीडित पक्षको उजुरीका आधारमा नियन्त्रणमा लिइएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड आतंक
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
मोरङमा बालिकामाथि सामूहिक करणी, ५ जना पक्राउ
नागढुंगा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन
कप्तानगन्ज गोलीकाण्ड : सुरक्षा कमान्डरविहीन थियो सुनसरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×