प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १८:३४

काठमाडौं। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले उक्त जानकारी दिएका हुन्।

भ्रमण कहिले हुने र कहिलेका लागि निम्तो दिइएको भन्ने विषयमा भने उनले केही खुलाएका छैनन्। पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको तयारीका सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए।

Advertisement

पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले भने, ‘पहिलो प्रश्नका बारेमा म जानकार छैन। नेपालका प्रधानमन्त्रीको भ्रमणका बारेमा निमन्त्रणा गइसकेको छ।’

प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले केही साताअघि भारत भ्रमण गरी भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको खबर आएको थियो। सोही प्रसङ्गबारे सोधिएको प्रश्नमा प्रवक्ता जैसवालले आफूलाई जानकारी नरहेको बताएका थिए।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×