पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १८:५०
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक

चितवन । मुग्लिन बजार नजिकैको खहरे खोला क्षेत्रमा पटक–पटक पहिरो खसेर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार मंगलबार राति ८ः०० बजेदेखि बुधबार बिहान ५ः०० बजेसम्मका लागि यस सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । रातिको समयमा यात्रा गर्दा हुन सक्ने सम्भावित मानवीय क्षति र जोखिमलाई मध्यनजर गर्दै यो निर्णय लिइएको प्रशासनले जनाएको छ ।
मुग्लिन–नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै रहेको खहरे खोलामा मंगलबार दिनभर तीन पटक सुख्खा पहिरो खसेको छ ।

Advertisement

पहिलो पटक बिहान ७ः३० बजे पहिरो खसेको थियो, जसलाई करिब ५ घण्टाको प्रयासपछि हटाइएको थियो। सडक खुलेको डेढ घण्टा नबित्दै पुनः दोस्रो पटक पहिरो खसेपछि आवागमन अवरुद्ध भएको थियो, जुन करिब एक घण्टामा सुचारु भयो । तर, साँझ करिब ६ः०० बजे पुनः तेस्रो पटक ठुलो पहिरो खसेपछि अहिले सो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

सडक डिभिजन कार्यालयका अनुसार अहिले इन्जिनियरसहितको टोली पहिरो स्थलमा खटिएको छ । पहिरो पन्छाउन अझै १ देखि २ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ। पहिरोको जोखिम अझै कायमै रहेकाले सुरक्षाका दृष्टिले रातको समयमा यात्रा नगर्न सडक कार्यालयले सबैलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सम्बन्धित निकायको सूचना पालना गर्न अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×