सुनसरी गोलीकाण्डमा प्रधानमन्त्रीको आश्वासन : पीडितलाई न्याय, दोषीलाई कारबाही

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ०६:१२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुनसरीको देवानगन्जमा भएको गोलीकाण्डप्रति दुःख व्यक्त गर्दै घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु हुनु र अन्य घाइते हुनु अत्यन्त गम्भीर विषय भएकाले घटनाको अनुसन्धान सुरु भइसकेको उनले उल्लेख गरेका छन् ।

Advertisement

सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाउँदै यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका कदम पनि चालिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री शाहले नागरिकलाई संयम अपनाउन, उत्तेजना र बदलाको भावनाबाट टाढा रहन तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न आग्रह गरेका छन् ।

उनले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीमाथि कानुनी कारबाही गर्नु रहेको दोहोर्याउँदै उक्त दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

तपाइको प्रतिक्रिया
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
देवानगन्ज घटनामा सरकारको बेवास्ता : प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका विवादित, सर्वत्र विरोध
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
देवानगन्ज घटनालाई लिएर प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापा असन्तुष्ट
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिँदै नयाँ तथ्यांक
मोरङमा ट्रकले किच्दा युवकको मृत्यु, पोस्टमार्टमपछि खुल्यो घटनाको वास्तविकता
देवानगन्ज घटनामा बल्ल बोल्यो प्रदेश सरकार, साम्प्रदायिक सद्भाव कायम राख्न अपिल
छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×