मोरङमा ट्रकले किच्दा युवकको मृत्यु, पोस्टमार्टमपछि खुल्यो घटनाको वास्तविकता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ०७:३६

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि ट्रकले किच्दा एक युवकको मृत्यु भएको छ । प्रारम्भिक रूपमा लडेर मृत्यु भएको भनिए पनि पोस्टमार्टमपछि ट्रकले किचेको खुलासा भएको छ ।

सुनसरीको गढी गाउँपालिका–२ घर भई बुढीगंगा–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव साउन १० गते आइतबार साँझ ६ः३० बजेतिर लडिरहेको घाइते अवस्थामा भेटिएका थिए । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको टोलीले तत्काल उद्धार गरेर ऋषिदेवलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याएको थियो ।

Advertisement

अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु सामान्य रूपमा लडेर नभई अन्य कारणबाट भएको देखिएपछि प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा ना ७ ख ७८८ नम्बरको ट्रक रोकी राखिएको अवस्थामा मृतक ट्रकको चक्कामुनि गएर सुतेको र चालकले त्यसका बारेमा थाहा नपाई ट्रक अगाडि बढाउँदा चक्काले किचेर उनको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ट्रक र चालक झापाको कचनकवल गाउँपालिका–१ का ३० वर्षीय हरि थापालाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको छ ।

प्रहरीले चालकको लापरबाहीका कारण घटना भएको जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । शवको पोस्टमार्टमपछि घटनाको वास्तविकता खुलेसँगै दुर्घटना गराउने ट्रक र चालकलाई पक्राउ गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
देवानगन्ज घटनामा सरकारको बेवास्ता : प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका विवादित, सर्वत्र विरोध
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
देवानगन्ज घटनालाई लिएर प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापा असन्तुष्ट
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिँदै नयाँ तथ्यांक
मोरङमा ट्रकले किच्दा युवकको मृत्यु, पोस्टमार्टमपछि खुल्यो घटनाको वास्तविकता
देवानगन्ज घटनामा बल्ल बोल्यो प्रदेश सरकार, साम्प्रदायिक सद्भाव कायम राख्न अपिल
छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×