विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिँदै नयाँ तथ्यांक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ०७:५२

काठमाडौं । विश्व बाघ दिवसका अवसरमा आज (बुधबार) नेपालमा पछिल्लो बाघ गणनाको तथ्यांक सार्वजनिक गरिने भएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा नयाँ तथ्यांक सार्वजनिक गर्ने भएको हो ।

नेपालमा चारदेखि पाँच वर्षको अन्तरालमा बाघ गणना गर्ने परम्परा छ । सन् २०२२ को गणनाअनुसार देशमा ३५५ वटा पाटेबाघ थिए । तीमध्ये सबैभन्दा धेरै १२८ वटा चितवन राष्ट्रिय निकुञ्जमा, १२५ वटा बर्दियामा, ४१ वटा पर्सामा, ३६ वटा शुक्लाफाँटामा र २५ वटा बाँके राष्ट्रिय निकुञ्जमा भेटिएका थिए ।

Advertisement

मन्त्रालयका अनुसार बासस्थानको सुधार, आहारा प्रजातिको वृद्धि र संरक्षण प्रयास प्रभावकारी बनेकाले यसपटक बाघको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ । नेपालले सन् २०१० मा १२१ वटा रहेको बाघको संख्या सन् २०२२ सम्म ३५५ पुर्‍याउँदै विश्वव्यापी ‘टिएक्स–२’ लक्ष्य पूरा गर्ने मुलुकमध्ये एक बनेको थियो ।

नेपालमा हाल पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जंगल तथा आसपासका जैविक मार्गमा मात्रै बाघ पाइन्छ । विश्वभर भने सन् २०२५ सम्मको तथ्यांकअनुसार ५ हजार ३ सय ५७ वटा बाघ रहेको अनुमान छ । जसमा भारतमा सबैभन्दा धेरै ३ हजार १ सय ६७ वटा छन् ।

पछिल्लो गणना २०८२ पुसदेखि करिब तीन महिनासम्म सञ्चालन गरिएको थियो । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी क्षेत्रमा करिब १ हजार १ सय स्वचालित क्यामेरा जडान गरी बाघका तस्बिर विश्लेषण गरेर संख्या निर्धारण गरिएको हो । सर्वेक्षणमा करिब २ सय ५० जना प्राविधिक, वनकर्मी, नेपाली सेना, संरक्षणकर्मी र स्वयंसेवक परिचालन भएका थिए ।

बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थान व्यवस्थापन र समस्याग्रस्त बाघको संरक्षण चुनौती पनि बढ्दै गएको छ । हाल देशभर १६ वटा समस्याग्रस्त बाघ इन्क्लोजरमा राखिएका छन् । तिनको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ निर्माणको योजना अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
देवानगन्ज घटनामा सरकारको बेवास्ता : प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका विवादित, सर्वत्र विरोध
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
देवानगन्ज घटनालाई लिएर प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापा असन्तुष्ट
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिँदै नयाँ तथ्यांक
मोरङमा ट्रकले किच्दा युवकको मृत्यु, पोस्टमार्टमपछि खुल्यो घटनाको वास्तविकता
देवानगन्ज घटनामा बल्ल बोल्यो प्रदेश सरकार, साम्प्रदायिक सद्भाव कायम राख्न अपिल
छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×