बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ०९:०८
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाघको अस्तित्व जोगाउनु केवल एउटा प्रजातिको रक्षा मात्र नभई समग्र वातावरणीय सन्तुलन र मानव जातिको भविष्यको सुरक्षा भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले बाघलाई सौन्दर्यको प्रतीक र पारिस्थितिक प्रणालीको आधार स्तम्भका रूपमा चित्रण गरे । उनले बाघ संरक्षणका लागि जनचेतना अभिवृद्धि र नीतिगत सुधारमा जोड दिए ।

Advertisement

उपराष्ट्रपति यादवले बाघको अस्तित्व संकटमा पर्नुको मुख्य कारणबारे चर्चा गर्दै अवैध सिकार, छाला तथा दाँतको अवैध व्यापार, वन विनाश, डढेलो र अव्यवस्थित सहरीकरणलाई प्रमुख चुनौतीका रूपमा औँल्याए । उनले यी समस्या समाधान गर्न नीति निर्माणकर्ताहरूलाई दीर्घकालीन योजना र कार्यक्रम तर्जुमा गर्न आग्रह समेत गरे ।
नेपालले पछिल्लो दशकमा बाघ संरक्षणको क्षेत्रमा विश्वमै उदाहरणीय र उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै उनले भने, ‘संरक्षित क्षेत्रको सन्तुलित व्यवस्थापन, चोरी–सिकारीमा नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिताले बाघको संख्यामा उत्साहजनक वृद्धि भएको छ ।’

यद्यपि, बाघको संख्या बढेसँगै देखिएका मानव–वन्यजन्तु द्वन्द्व, वासस्थानको खण्डीकरण र जलवायु परिवर्तन जस्ता नयाँ चुनौतीहरूलाई समयमै सम्बोधन गर्नु पर्नेमा उनले जोड दिए ।

बाघ संरक्षणले जैविक विविधताको मात्र रक्षा नगरी मुलुकको पर्यटकीय सम्भावनालाई समेत बलियो बनाउने उपराष्ट्रपतिको भनाइ छ । बाघ पाइने क्षेत्रहरूमा पर्या–पर्यटन प्रवर्धन गर्दा स्थानीय समुदायको आर्थिक स्तर उकास्न प्रत्यक्ष सहयोग पुग्ने उनले उल्लेख गरे ।

सन्देशको अन्त्यमा उपराष्ट्रपति यादवले बाघ संरक्षणको साझा जिम्मेवारी पूरा गर्न सबै सरोकारवाला निकाय, संरक्षणकर्मी र आम नागरिकलाई एकजुट हुन आह्वान गरे । उनले अन्तर्राष्ट्रिय बाघ दिवसले सबैलाई प्रकृतिप्रति जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने कामना समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
सुनको मूल्य सामान्य घट्यो 
सुनको मूल्य सामान्य घट्यो 
सुनसरी घटनापछि कोशीमा सर्वदलीय पहल, मुख्यमन्त्री कार्कीले बोलाए बैठक
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
देवानगन्ज घटनामा सरकारको बेवास्ता : प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका विवादित, सर्वत्र विरोध
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
देवानगन्ज घटनालाई लिएर प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापा असन्तुष्ट
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×