
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ वर्ष उमेर पुगेका नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । हाल नेपालमा १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मात्र मतदानको अधिकार छ ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइका क्रममा रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले यो प्रस्ताव राखेका हुन् ।
आफूहरूले पहिलेदेखि नै १६ वर्षमा मतदान गर्न पाउनुपर्ने भन्दै आएको उल्लेख गर्दै बुर्लाकोटीले यस्तो व्यवस्थाले युवाहरूलाई देशको राजनीति र निर्णय प्रक्रियामा सहभागी हुन थप प्रोत्साहन मिल्ने बताए ।

























