देवानगन्ज घटनापछि सद्भावका पाँच संकल्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ०६:२८

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न तनावलाई सामान्य बनाउन जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योग व्यवसायी तथा विभिन्न संघसंस्थाले पाँचबुँदे संकल्प परेका छन् ।

सार्वजनिक गरिएको संयुक्त प्रतिबद्धतामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका खेल्ने उल्लेख गरिएको छ । साम्प्रदायिक विवाद, हिंसा र हुलदंगा दोहोरिन नदिन संयम अपनाउने, आक्रोश र प्रतिशोधभन्दा संवादमार्फत समस्या समाधान गर्ने तथा सबैलाई शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न आह्वान गरिएको छ ।

Advertisement

साथै, सामाजिक सञ्जालमा फैलिने अफवाह र भ्रामक सामग्रीको पछि नलाग्न तथा आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरिएको छ । पछिल्ला प्रदर्शनमा किशोर तथा युवाको बढी सहभागिता देखिएकाले अभिभावकलाई आफ्ना बालबालिकाप्रति विशेष ध्यान दिन र अनावश्यक रूपमा बाहिर नपठाउन पनि अनुरोध गरिएको छ ।

प्रतिबद्धतामा देवानगन्ज–४ का ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

उक्त प्रतिबद्धतापत्रमा जिल्लाका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योग व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

यस्तो छ प्रतिबद्धता

तपाइको प्रतिक्रिया
सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार
ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव
रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु
कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
सुनचाँदीको मूल्य बढ्यो 
सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदी घट्यो
दन्किरहेको सुनसरीप्रति सरकारको बेवास्ता : गृहमन्त्री आएनन्, प्रधानमन्त्री बोलेनन्
सद्भाव जोगाउन प्रशासन सक्रिय, मोरङमा बोलाइयो सर्वपक्षीय बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×